सप्तकोसीमा ट्रक खस्यो, २ जनाको मृत्यु

Nepal Live

राजविराज– पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तकोसी नदीमा आज मध्याह्‍न ट्रक पल्टिँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

हेटौंडाबाट स्काभेटर बोकेर विराटनगर जाँदै गएको ना४ख ३५६ नम्बरको ट्रक सप्तकोसी नदीमा दुर्घटना भएको थियो। दुर्घटनामा सुनसरीको रामधुनी १ झुम्काका ४५ वर्षीय घनश्याम चौधरी र बराह नगरपालिका १ चताराका ४२ वर्षीय विनोद बराइलीको मृत्यु भएको सप्तरीका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।

घटनामा ७ जना घाइते भएको र तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गौरादह–५, झापाका सन्तोष अधिकारी, टंकीसिनुवारी, मोरङका शुक्रराज लामा, हेटौंडा, मकवानपुरका आइतसिंह पुर्जा, सुनसरी महेन्द्रनगरका मोतीराज विश्वकर्मा, सुन्दरहरैचा–७ मोरङका कृष्ण चौधरी, कटारी उदयपुरका हरि मगर र विराटनगरका राजकुमार मण्डल रहेका छन्।

घाइतेहरुको सुनसरी जिल्ला अस्पताल, विराट नर्सिङ होम तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार