काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएर चर्काे मुल्य असुल गरी करिब तीन अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठ लगायत स्वास्थ्य व्यवसायीविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ। उनीहरुलाई जिल्ला अदालतले न्यूनतम धरौटीमा छाडेपछि पुनरावेदन गर्न लागिएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र ललितपुरले उच्च अदालतमा १७ नम्बर निवेदन दर्ताको लागि बुधबार उच्च सरकारी वकिलको कार्यालयमा त्यससम्बन्धि फाइल पठाएका छन्।
ष्ठसहित पक्राउ परेका स्वास्थ्य व्यवसायीहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित उच्च अदालतमा १७ नम्बर निवेदन दर्ता गर्न लागिएको हो।
श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले १० लाख तथा ललितपुर जिल्ला अदालतले १२ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। पक्राउ परेका पक्राउ परेका अन्य ४० जना व्यवसायीहरु पनि धरौटीमा छुटिसकेका छन्।
सो ठगी मुद्दाको अनुसन्धानमा चलखेल भएको र अदालतमा समेत चलखेल भएको चर्चा चलिरहेको छ। यो प्रकरणमा न्यायधीशको आदेशबारे छानबिन हुने कानुनमन्त्री शेरबहादुर तामाङले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।