काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेल सकिएका छन्। पहिलो चरणमा १६ खेल हुँदा ३८ गोल भए। ३ खेल बराबरी भए भने १३ खेलमा जितहारको नजिता आएको छ। ६ गोल आत्मघाती भएका छन् भने ६ गोल ८७ मिनेटभन्दा पछाडि भएका छन्।
रसियाले साउदी अरेबियाविरुद्ध हात पारेको ५–० गोलको जित एकै खेलमा फराकिलो अन्तरको जित हो। यस्तै स्पेन र पोर्चुगलबीच ३–३ गोलको बराबरी भएको खेल एकै खेलमा बढी गोल भएको खेल हो।
पहिलो चरणको समाप्तिमा कुन टिमको प्रदर्शन कस्तो रह्यो त? च्यासल युथ क्लबका युवा टिमका प्रशिक्षक थमन भुसालले नेपाल लाइभका सीताराम कोइरालासँग ती खेलको विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।