काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो कारोबार शुभारम्भ गरेको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कम्पनीको सेवा शुभारम्भ गरिएको हो। कार्यक्रममा बोल्दै कम्पनीका महाप्रबन्धक एसके तमोटले विमा व्यवसायलाई सर्वसाधारणको घरदैलोमा पुर्याउन कम्पनी स्थापना गर्नु परेको बताए।
कम्पनीले ६ महिना भित्र देशका विभिन्न भागमा ४५ वटा शाखा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि अघि सारेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब रहेको छ। १ सय ८२ जना संस्थापक सेयरधनी रहेको कम्पनीले विमा व्यवसायलाई स्वस्थ र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिवद्धता पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।