समूह बी
पोर्चुगल भर्सेस मोरक्को
सयम – असार ६, साँझ ५:४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपको समूह 'बी'को दोस्रो चरणको खेलमा आज साँझ पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो चरणको खेलपछि दुई टिममा फरक किसिमको वातावरण छ। पोर्चुगल आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्ममा भएकाले उत्साहित देखिएको छ। स्पेन विरुद्धको पहिलो खेल ३–३ गोलको बराबरीमा सकिदा रोनाल्डोले ह्याट्रिक गरेका थिए।
मोरक्को दुखित छ। इरान विरुद्धको खेल १–० ले गुमाएको मोरक्को प्रदर्शन अब्बल थियो। आत्मघाती गोल हुँदा खेल गुमाएको मोरक्कोले दुई दशकपछि विश्वकपमा फर्कदा राम्रो सुरुवात गर्न सकेन।
मोरक्कोले विश्वकपमा १४ खेल खेल्दा जम्मा २ खेलमा मात्र जित हात पारेको छ। पाँच पटक विश्वकप खेल्दा २ जितमै रोकिएको मोरक्को पोर्चुगल विरुद्ध जित हात पार्न चाहान्छ। मोरक्कोले सन् १९८६ मा पोर्चुगललाई हराएर पहिलो जित हात पारेको थियो। खेलमा मोरक्को ३–१ गोलले विजयी भएको थियो। अब त्यहि इतिहास दोहोर्याउन मोरक्को चाहान्छ।
स्पेन विरुद्धको खेलपछि पोर्चुगल साकारात्मक छ। मोरक्को विरुद्धको दोस्रो खेलमा धैर्यतापूर्वक खेल्दै अंक बटुल्ने अभियानमा पोर्चुगल छ। तर मोरक्कोको रक्षापंक्ति भत्काउन भने पोर्चुगललाई मिहिनेत गर्नु पर्ने देखिन्छ। मोरक्कोले चार डिफन्डेर खेलाउन सक्छ। नाबिर डिरार जस्ता डिफेन्डरको प्रयोग गरेर पोर्चुगललाई रोक्ने प्रशिक्षकको योजना छ। फरवार्डमा पनि परिवर्तन गर्दै खालिब बाउटाइब आउने सक्छन्।
सम्भावित टिम
पोर्चुगल
रुइ प्याट्रिसिओ, राफायल गुइरेइरो, जोस फोन्टे, पेपे, सेड्रिक,जोएओ माउटिन्हो, विलियम, बेर्नान्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा
मोरक्को
मोनिर इल काजोउइ, हाम्जा मन्डेल, रोमाइन साइस, मेहदी बनाइटा, अर्चाफ हाकिमी, हाकिम जिएच, एमबार्क बोसासोउफा, योनेस बेल्हान्डा, करिम इल अहमादी, नौरेडिन अमराबात, खालिब बाउटाइव
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।