काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा आयोजक रसिया अन्तिम १६ नजिक पुगेको छ। रसियाले लगातार दोस्रो जित हात पार्ने क्रममा मंगलबार राति इजिप्टलाई ३–१ गोल अन्तरले पराजित गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु भए लगत्तै रसियाले अग्रता लिएको थियो। इजिप्टका फाटीले रसियन खेलाडीको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
चेरिसेभले ५९ मिनेटमा अग्रता दोब्बर पारे। उनले सिक्स यार्ड बक्समा प्राप्त पासलाई उत्कृष्ट फिनिसिङ गरेका थिए। जारी प्रतियोगितामा उनको यो तेस्रो गोल गरे।
६२ मिनेटमा जुबाले लामो पासलाई छातिले कन्ट्रोल गर्दै डिबक्स भित्रबाट सुन्दर गोल गर्दा रसिया ३–० गोलले अघि बढेको थियो।
इजिप्टका लागि ७३ मिनेटमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेका थिए।
जितसँगै रसिया समूह 'ए' मा २ खेलबाट ६ अंक जोड्दै दोस्रो चरण नजिक पुगेको हो। यता लगातार २ खेलमा पराजित भएपछि उरुग्वे पहिलो चरणबाट बाहिरिने प्रवल सम्भावना बढेको छ।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।