ad

नेपाली र पाकिस्तानी सेनाबीच सहयोग विस्तार गर्ने विषयमा छलफल

Nepal Live

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवासमा पाकिस्तान सशस्त्र बलका स्टाफ कमिटी जनरल चेयरम्यान जोइन्ट चिफ जुविर मोहम्मद ह्यातले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो। कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि जनरल ह्यातले मंगलबार नै सिंहदरबारमा शिष्टाचार भेट गरेका थिए। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार