काठमाडौं– सरकारले सचिवको सरुवा र बढुवा गरेको छ।
कामु सचिव केदार कोइरालालाई सचिवमा बढुवा गरिएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले उनलाई सचिवमा बढुवा गरेको हो। कोइराला सबैभन्दा सिनियर सहसचिव थिए।
उनी कामु सचिवका रुपमा काठमाडौं महानगरपालिकामा कार्यरत थिए। बढुवापछि उनलाई महानगरपालिकामा नै पदस्थापन गरिएको छ।
त्यस्तै सरकारले खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।