काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले स्थापना गरेको जेठ उत्कृष्ट प्रहरीको अवार्डका डिएसपीतर्फ ५ जनाले दाबी गरेका गरेका छन्। काठमाडौंका ५ वृत्तका डिएसपीहरुले आफुले गरेका कामको विवरण काठमाडौं परिसरमा आइतबार बुझाएका छन्।
जनसेवा वृत्तका टेकुनन्द लिम्बु, महाराजगञ्जका योगेन्द्रसिंह थापा, सोह्रखुट्टेका दीपक पोखरेल,बालाजुका विश्वराज खड्का र कीर्तिपुर वृत्तका डिएसपी राजन चापागाईले आफुले जेठ महिनामा उत्कृष्ट काम गरेको भन्दै आइतबार पुरस्कार छनोट समिति समक्ष आफुले गरेका कामको प्रस्तुतीकरण गरेका हुन्। उत्कृष्ट हुने डिएसपीले ५० हजार रुपैयाँ पुरस्कार पाउँनेछन्।
बैशाखदेखि परिसरले हरेक महिना उत्कृष्ट काम गर्ने सिपाहीदेखि डिएसपीसम्मका प्रहरीलाई पुरस्कार दिने कार्यक्रम ल्याएको छ। नेपाल बंगलादेश बैंकको सहयोगमा सो पुरस्कार स्थापना गरिएको हो।
बैशाख महिनामा गौशलाका डिएसपी अनुपम श्रेष्ठ र कालिमाटीका प्रदीप क्षत्रीले संयुक्त रुपमा उत्कृष्ट डिएसपीको पुरस्कार पाएका थिए।
त्यस्तै, जेठमा दुई इन्सपेक्टरले पुरस्कारको दाबी गरेका छन्। कोटेश्वर प्रभागका राजु लामा र नागढुंगाका केशब भट्टले आफुहरुले गरेको कामको विवरण बुझाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।