काठमाडौं– बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागको घुसकाण्डमा उपसचिव र अधिकृतको समेत मिलेमतो खुलेको छ। तीनै जनाविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको छ।
विभागका नासु जुनेस सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
एक फर्मको नवीकरणका लागि उनले घुस लिएका थिए। सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिएकोमा घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्।
सापकोटामाथि अनुसन्धान गर्ने क्रममा विभागका निर्देशक रहेका उपसचिव पुरुषोत्तम सुवेदी र शाखा अधिकृत रामहरी पोखरेलको समेत मिलेमतो देखिएकाले उनीहरुलाई समेत प्रतिवादी बनाई मंगलबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।