काठमाडौं- गुण्डा नाइके अभिषेक गिरीले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, चण्डिराज ढकाल र नारायणप्रसाद पोखरेलको इजालसले गिरीलाई सफाइको फैसला सुनाएको हो। यसअघि नै मनाङमा गुण्डा नाइके तथा प्रदेशसभा सांसद समेत रहेका राजीव गुरुङ (दीपक मनाङे), पर्शुराम बस्नेत र चक्रे मिलन लगायतले सफाइ पाएका थिए।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते बस्नेतसहित ५ जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो। उनीहरुले करोडौं रकम अवैध स्रोतबाट आर्जन गरेको विभागको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।