काठमाडौ- गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो।
प्रकाशबाबु थापा (प्रकाशपुञ्ज) को शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत भरेका छन्। अभिलाषा शर्मा स्वार र रमेश प्याथाको अभिनयलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्।
डान्सिङ बिटमा रहेको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्। सिलन लम्सालको सम्पादनमा भिडियो तयार भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।