काठमाडौं– एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
नयाँ शाखाको उद्घाटन बैंकमा संयुक्त लगानी रहेको पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एलभी प्रभाकरले गरेका हुन्।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र १ सय १३ एटिएम मार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।