भक्तपुरमा ट्रकको ठक्करबाट काभ्रेका दुलालको मृत्यु

 

Nepal Live

काठमाडौं– भक्तपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

  मध्यपुर ठिमी नगरपालिका–१ मनहरा पुल नजिक ना.६ ख ५६४० नम्बरको ट्रकले बा.८८ प २८० नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक राधे राधे बस्ने ३४ वर्षीय गणेश दुलालको मृत्यु भएको हो।   बिएण्डबी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। ट्रक चालकलाई   पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका इन्चार्ज प्रज्वल महर्जनले बताए। 
काभ्रे मण्डन देउपुर– ६ स्थायी घर भएका दुलाल लामो समय विदेश बसेर हालै मात्र नेपाल फर्किएका थिए। 

त्यस्तै, रुपन्देहीको देवदह नगरपालिका–१० भलुही जंगलस्थित राजमार्गमा बा.३५ प ४७८ नम्बरको मोटरसाइकल सोमबार जरायोसँग ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ।  मोटरसाइकलका चालक मोरङ लेटाङ नगरपालिका–८ घर भएका ३० वर्षीय डिल्लीराम तिमल्सिना र सुर्खेत घर भएका २४ वर्षीय दिपक खत्री घाइते भएकोले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा दिपकको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार