काठमाडौं- कप्तान ह्यारी केनले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि इंग्ल्यान्डले २०१८ फिफा विश्वकपमा इंग्ल्यान्डले ट्युनिसियालाई २-१ गोलले पराजित गर्यो।
खेलको ११ मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। ३५ मिनेटमा ट्युनिसीयाका सासीले पेनाल्टीमा बराबरी गोल गरेका थिए।
दोस्रो इन्जुरी टाइमको पहिलो मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्डले रोमाञ्चक जित हात पर्न सफल भयो। कप्तान केनले क्लोज रेञ्जबाट गरेको हेडले सिधै गोलपोस्टको दिशा लिएको थियो।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।