विराटनगर– अवैध रुपमा हुने ढुङ्गागिट्टी उत्खनन विरुद्ध मोरङ प्रहरीले कडाइ गर्न थालेपछि त्यसमा संलग्न सवारी साधन पक्राउ पर्ने क्रम जारी छ।
सोमबार पनि प्रहरीले अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न २ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
केराबारी गाउँपालिका–८ स्थित खदम खोलाबाट ना१क ८०४४ नम्बरको जेसिवी र ओसार–पसारमा संलग्न ना७ख ३२२० नम्बरको ट्रिपर नियन्त्रणमा लिई कारबाहीका लागि केराबारी गाउँपालिकाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
खदम खोलाको पूर्वपट्टि मिक्सगिट्टी थुपारेको र जेसिवीको मद्दतले उत्खनन भइरहेको पाइएपछि दुवै साधन नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।