चोरीको ल्यापटप र मोबाइलसहित इटहरीमा ३ जना पक्राउ

Nepal Live

इटहरी– सुनसरीको इटहरी–४ बाट चोरीको ल्यापटप र मोबाइलसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

इटहरी–४ का विशाल परियार, रोशन चापागाईं र मनिष राईलाई पक्राउ गरिएको हो।

चोरीको १ थान मोबाइलसहित विशाल परियार पक्राउ परेपछि उनका दुई जना साथी पनि मोबाइल र ल्यापटपसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार