समूह ‘एच’
पोल्यान्ड भर्सेस सेनेगल
सयम – असार ५ गते, राति ८ः४५ बजे
काठमाडौं– २०१८ फिफा विश्वकपको समूह चरणको अन्तिम खेलमा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ।
युरोपीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेको पोल्यान्ड समूह ‘ई’ को विजेता बनेर विश्वकपमा छनोट भएको हो। पोल्यान्डका स्ट्राइकर तथा कप्तान रोबर्ट लेवान्डोवस्कीले विश्वकपमा छनोटको १० खेलमा १६ गोल गरेका थिए। तर ३० वर्षीय स्ट्राइकर लेवान्डोवस्कीले भने विश्वकपमा खेल्दा सधैं दबाव हुने बताएका छन्। यद्यपी उनले पहिलो खेलमा जितका लागि खेल्ने बताए।
उता सेनेगललाई अफ्रिकाबाट छनोट हुने सवैभन्दा बलियो टिम मानिएको छ। लिभरपुलबाट खेल्ने स्टार खेलाडी साडियो माने, नापोलीका कलिडेउ काउलिबाली, मोनाकोका केइटा बान्डे र इभर्टनका अलड्रिसा गान गउये जस्ता खेलाडीको जमघटले सेनेगल आत्मविश्वासी देखिएको छ।
सेनेगलका प्रशिक्षकमा अलिओउ सिसे छन्। उनको कप्तानमा सेनेगल सन् २००२ को विश्वकपमा उत्रिएको थियो। त्यतिबेला उसले अन्तिम ८ को यात्रा तय गरेको थियो।
यसपटक उसको लक्ष्य अन्तिम ८ माथि हुनेछ। त्यसैले समूह चरणमा पोल्यान्डसँग भिड्दा सेनेगलले सम्पूर्ण शक्ति खर्च गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।