भरतपुर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
सभापति देउवाले पार्टी भित्रको अन्तरघातकै कारण प्रतिनिधिसभा निर्वाचनमा २५ सिट गुमाउनु परेको दावी समेत गरे।
सोमबार भरतपुरमा नेपाल दलित संघ, चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेको दावी समेत गरे। सभापति देउवाले आफूलाई मात्रै दोष दिएर पार्टी नचल्ने पनि स्पष्ट पारे।
सभापति देउवाले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याउने दृढता पनि व्यक्त गरे। उनले पार्टीलाई एकतावद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।