बग्दाद– इराकको अर्धसैनिक समूहमाथि भएको आक्रमणमा परी सिरियामा कम्तीमा २२ इराकी लडाकू मारिएका छन्।
इराकसँगको सिरियाको सिमा क्षेत्रमा पर्ने ठाँउमा सोमबार राति भएको हवाई आक्रमणमा परी उनीहरु मारिएको मानवअधिकारवादी अनुगमनकर्ताहरुले जनाएका छन्।
‘लडाकूहरु रहेको ठाँउमा लक्षित गरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा २२ जना मारिएका छन् भने १२ जना घाइते भएका छन्,’ इरानको सहयोग प्राप्त हसेड समूहले भनेको छ।
हसेडले आक्रमण अमेरिकाले गराएको दावी गरेको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।