काठमाडौं– सोमबार निधन भएको बरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाप्रति डा बाबुराम भट्टराईले देवकोटासँगका किशोर अवस्थामा फोटो राखी फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन्। डा भट्टराई र डा देवकोटा स्कुलका सहपाठी हुन्।
भट्टराईले फेसबुकमा यस्तो लेखेका छन्–
तिमी आफै एक वेजोड चिकित्सक थियौं। त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठिकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्ततः तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र!
भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् । तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!
नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।