काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागका १० जना उप अनुसन्धान निर्देशक(एसपी) सहअनुसन्धान निर्देशक(एसएसपी)मा बढुवा भएका छन्। आइतबारको मन्त्रिपरिषद्को बैठकले उनीहरुको बढुवा गरेको हो।
बढुवा हुनेहरुमा शरदबन्धु डिसी, भिमबहादुर बुढाथोकी, इन्द्रसिंह तामाङ, कृष्ण खनाल, किशोर श्रेष्ठ, माधव तिमल्सिना, अजयसिंह हमाल, संजय यादब, ठाकुरचन्द्र केसी र यम पराजुलती छन्।
गत बिहिबार मात्र सरकारले विभागका तीन एसएसपीलाई डिआईजीमा बढुवा गरेको थियो।
डिएसपीबाट एसपी बढुवा भने बढुवाका आकांक्षीहरुको राजनीतिक चलखेलका कारण धकेलिएको छ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्रीसँगै चीन भ्रमणमा जानुअघि नै एसपी र डिएसपी पदमा पनि बढुवाको तयारी भएपनि कसलाई पहिलो नम्बरमा बढुवा गर्ने भन्ने विवादले निर्णय हुन नसकेको हो।
एसपी बढुवामा नवीन भट्टराई र मुकुन्द श्रेष्ठ सिनियर छन्। त्यत्यसपछिको ब्याचमा पहिलो नम्बरमा बढुवा हुनका लागि टेकराज तिमिल्सना र सुरेन्द्र कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ।राष्ट्रपति कार्यालयमा कार्यरत कोइराला जुनियर भएपनि पहिलो नम्बरमा बढुवा हुने दबाब दिएपछि निर्णय हुन नसकेको स्रोत बताउँछ। उनी छड्के भर्नाबाट सेवा प्रवेश गरेका अधिकारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।