हेटौंडा- अपरान्ह ४ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केही बेरअघि सुरू भएको छ।
केन्द्रीय समितिको बैठक कांग्रेसको जिल्ला पार्टी कार्यालय हेटौंडामा बसिरहेको हो। पार्टी सभापति शेरबहादुर देउवा हेटौंडा आइपुग्न ढिलो भएकाले बैठक सुरु हुन ढिलाइ भएको थियो।
चौथो जिल्ला सभापतिहरुको भेलाका लागि एजेन्डा तय गर्न केन्द्रीय समितिको बैठक बसेको हो।
जिल्ला सभापतिहरुको राष्ट्रीय भेला मंगलबारदेखि ३ दिन बस्नेछ। भेलाका लागि दलका पदाधिकारी, केन्द्रीय सदस्यहरु र ७५ जिल्लाका सभापति हेटौंडा आइपुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।