काठमाडौं– सोमबार काठमाडौंको हाडीगाउँ र बत्तीसपुतलीमा भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
हाडीगाउँमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ। बा.८ च ७१२१ नम्बरको सुजुकी कारको ठक्करबाट पैदलयात्री सप्तरी राजबिराज घर भएका २८ वर्षीय बुद्ध राईको मृत्यु भएको हो। कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, बत्तीसपुतलीमा बा.२ ख ४६३८ नम्बरको बसले करिब ६५ वर्षीया महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ। मृतकको नाम खुल्न नसकेको र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।