काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज ३ वटा खेल हुँदैछन्। साँझ स्विडेन र दक्षिण कोरिया प्रतिस्पर्धा हुनेछ। यस्तै राति पौने ९ बजे बेल्जियम र पानामा भिड्दैछन्। मध्यरातमा ट्युनिसिया र इंग्ल्यान्ड बीच भिडन्त हुँदैछ।
यसअघि हिजो सर्वियाले कोस्टारिकालाई १–० ले हराएको थियो। साविक विजेता जर्मनीलाई मेक्सिकोले १–० गोलको पराजित गरको थियो भने ब्राजिललाई स्विट्जरल्यान्डले १–१ को बराबरीमा रोक्यो। यी खेलका विषयमा विश्लेषक मेघराज केसीले नेपाल लाइभका सीताराम कोइरालासँग कुराकानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।