काठमाडौं– राष्ट्रियसभाका ५९ जना सदस्यकै पदावधि टुंगो लागेको छ। सोमबार संघीय संसद भवन बानेश्वरमा भएको गोलाप्रथाबाट सदस्यहरुले आफ्नो पदावधि निर्धारण गरेका हुन्।
संविधानमै एक तिहाइ सदस्यको कार्यकाल २, अर्को एक तिहाइको ४ र बाँकी एक तिहाइको ६ वर्ष कार्यकाल हुने व्यवस्था छ।
राष्ट्रियसभाको नियमावली अनुसार आज भएको गोलाप्रथापछि १९ जनाको पदावधि २ वर्ष, २० जनाको पदावधि ४ वर्ष र बाँकी २० जनाको पदावधि ६ वर्ष कायम भएको छ। राष्ट्रियसभामा ५९ जना सदस्य छन्।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनयन गरेका बाहेकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का ३९ जना सदस्य छन्। जसमध्ये ८ जनाको कार्यकाल २ वर्ष, १७ जनाको ४ वर्ष र १४ जनाको ६ वर्ष पदावधि कायम भएको छ। त्यस्तै, १३ सदस्य रहेका कांग्रेसका ७ जनाको पदावधि २ वर्ष कायम भएको छ। २ जनाको ४ वर्ष र ४ जनाको ६ वर्ष पदावधि कायम भएको छ।
संघीय 8वादी फोरमको तर्फबाट २ जना राष्ट्रियसभा सदस्य छन्। जसमध्ये १ जनाको दुई वर्ष र अर्को १ जनाको ६ वर्ष पदावधि कायम भएको छ।
त्यस्तै राष्ट्रिय जनता पार्टी राजपाबाट प्रतिनिधित्व गर्ने २ जनामध्ये दुवै जनाको पदावधि २ वर्ष कायम भएको छ।
राष्ट्रपतिले मनोनित गरेका ३ जनामध्ये अर्थमन्त्रीसमेत रहेका युवराज खतिवडाको पदावधि २ वर्ष कायम भएको छ। त्यस्तै रामनारायण बिडारीको कार्यकाल ४ वर्ष र विमला पौड्यालको कार्यकाल ६ वर्ष कायम भएको छ।
राष्ट्रियसभाको ५६ पदका लागि गत माघ २४ मा निर्वाचन भएको थियो। बाँकी ३ जनालाई राष्ट्रपतिले गत फागुन ८ मा मनोनीत गरेकी थिइन्। राष्ट्रियसभा एउटा स्थायी सदन भएकाले सो सभामा प्रतिनिधित्व गर्ने सदस्यहरु २/२ वर्षको अन्तरमा आउने र जाने भइरहने व्यवस्था छ।
अझ सजिलो गरी विस्तृतमा :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।