काठमाडौं– शनिबार टोखामा डकैती भएको छ ।टोखाको प्रयासनगरमा म्याग्दीका दिपक आचार्यको जडिबुटी, ६ लाख नगद र सुनका गहना डकैती गरेको हो।
जडिबुटी बेच्न काठमाडौं आइपुगेलगत्तै उनलाई ८÷९ जनाको समूहले नियन्त्रणमा लिएर डकैती गरेका हुन्। डकैती गर्नेमध्ये शिव बाँस्ताकोटी, माधव प्रसाद न्यौपाने, कृष्णराज पुरी, चन्द्रकान्त पुरी र गोविन्द मल्ललाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबाट करिब ४५ केजी जंगली जडिबुटी सतुवा पनि बरामद भएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। बरामद जडिबुटी करिब १७ लाख मूल्य बराबरको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।