काठमाडौं- तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी कोमल वलीको कार्यकाल टुंगो लागेको छ। संविधानमा नै गोलाप्रथाबाट पदावधि टुंगो लगाउने व्यवस्था अनुसार सोमबार बिहान भएको गोलाप्रथामा वलीले ४ वर्षको गोला तानेकी थिइन्।
गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको ४ वर्षको र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ। यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन्। यद्यपि राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको हकमा छुट्टै गोलाप्रथा हुनेछ।
गोलाप्रथाबाट पदावधि निर्धारण भएका महिला सदस्यहरु :
२ वर्षे पदावधि
सरिता प्रसाईं (प्रदेश १)
मुक्ताकुमारी यादव (प्रदेश २)
धनकुमारी खतिवडा (प्रदेश ३)
विन्दादेवी आले (प्रदेश ४)
मीना बुढा (प्रदेश ५)
यूटोल तामाङ (प्रदेश ६)
कमला ओली (प्रदेश ७)
४ वर्षे पदावधि
नैनकला ओझा (प्रदेश १)
शशिकला दाहाल (प्रदेश २)
उदया शर्मा पौडेल (प्रदेश ३)
शान्तिकुमारी अधिकारी (प्रदेश ४)
कोमल वली (प्रदेश ५)
कविता बुढाथोकी (प्रदेश ६)
तारादेवी भट्ट (प्रदेश ७)
६ वर्षे पदावधि
विना पोखरेल (प्रदेश १)
प्रमिलाकुमारी यादव (प्रदेश २)
दिलकुमारी रावल (प्रदेश ३)
दीपा गुरुङ (प्रदेश ४)
अनिता देवकोटा (प्रदेश ५)
नन्दा चपाईं (प्रदेश ६)
इन्दु कँडरिया (प्रदेश ७)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।