काठमाडौं- २०१८ फिफा विश्वकपमा दाबेदार मानिएको ब्राजिल स्विट्जरल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो।
ब्राजिलका लागि फिलिप काउटिन्होले २० मिनेटमा गोल गरेका थिए। स्विट्जरल्यान्डका जुबेरले क्लोज रेन्जबाट हेडमार्फत बराबरी गोल फर्काएका थिए। प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले स्विस पोस्टमा बढी चार्ज गरेपनि फिनिसिङमा पटकपटक चुक्यो।
योसँगै समूहमा सर्विया शीर्ष स्थानमा छ। सर्वियाले कोस्टारिकालाई पराजित गरेको थियो।
भिडियोमा हेर्नुहोस् ब्राजिल र स्विट्जरल्यान्ड बीचको खेल :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।