काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार सुरु हुने चीन भ्रमण टोली जम्बो बनेको छ। भ्रमणमा एक सय १९ सहभागी हुने भएका छन्। जसमध्ये १ सय ११ जना नेपालबाट जाने छन्।
भ्रमण टोलीमा ५४ जना व्यवसायी मात्र छन्। ४ मन्त्री र ९ सांसद नाम तय भएको छ। गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठ भ्रमणमा जानेछन्।
त्यस्तै सांसदहरु जनार्दन, शर्मा, जयपुरी घर्ती, बिशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्र कुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी र सुरेन्द्र कुमार यादब प्रधानमन्त्रीसँगै चीन जाने छन्।
प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली पनि भ्रमण टोलीमा छन्।
त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी, एमाले नेता राजन भट्टराई, अर्थ मन्त्रालयका सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, बाणिज्य सचिव चन्द्र घिमिरे, लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारी, यातायात मन्त्रालयका सहसचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्या सिंह शाह, प्रधानमन्त्रीका स्वीकय सचिव राजेश बज्राचार्य, जिल्ला समन्वय समिति मुस्ताङका संयोजक छिरिङ गुरुङ टोलीमा छन्।
उद्योग बाणिज्य महासंघका तर्फबाट व्यवसायीहरु भवानी राणा, पशुपती मुरारका, चन्द्र ढकाल,शेखर गोल्छा, किशोर कुमार प्रधान, उमेश लाल श्रेष्ठ, चण्डीराज ढकाल, ज्ञानेन्द्रराज प्रधान, गोपाल तिवारी, प्रबलजंग पाण्डे, शैलेन्द्र गुरागाई र ज्योत्सना श्रेष्ठ छन्।
उद्योग परिसंघबाट हरिभक्त शर्मा, कृष्ण प्रसाद अधिकारी, गुरु प्रसाद न्यौपाने, मनिष खेम्का र दुर्गा बिक्रम थापा छन्।
नेपाल चेम्बर अफ कसर्मबाट राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ल, कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, इच्छाराज तामाङ टोलीमा परेका छन्।
त्यस्तै बिजनेश डेलिगेसनमा नाममा व्यवसायीहरु निरु पुलामी, आङछिरिङ शेर्पा, दिनेश प्रसाद श्रेष्ठ, सचिनलाल आचार्य, सुरिथ प्रसाद घिमिरे, गौतमदास श्रेष्ठ, पूर्णबहादुर राई, पूर्ण डाँगी, शशी पौडेल, गोरे शेर्पा, भोजबहादुर शाह, कृष्ण आचार्यलाई पनि भ्रमण टोलीमा राखिएको छ।
परराष्ट्र मन्त्रालयबाट सहसचिवहरु गणेश ढकाल, दीपक अधिकारी, उपसचिव रोशन खनाल, उर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, नेपाल बिद्युत् प्राधिकरणमा एमडी कुलमान घिसिङ, पर्यटन बोर्डका सिइओ दीपकराज जोशी पनि प्रधानमन्त्रीसँगै चीन जानेछन्।
नेपाल चाइना चेम्बर्स अफ कसर्मबाट त्रिभुवन तुलाधर, नरेन्द्र उलाक र गौरव अग्रवाल छन्।
मझौला उद्योगीहरुतर्फबाट पूर्णबहादुर भण्डारी, भरत थापा र शम्भु पोखरेल तथा जलबिद्युत् व्यवसायीहरु पद्यम ज्योती, प्रदीप श्रेष्ठ र उत्तर कुमार श्रेष्ठ छन्।
एनआरएनका अध्यक्ष भवन भट्ट,सहित विश्वनाथ गोयल, अञ्जु पौडेल, रमेश सिलवाल, लोकबहादुर थापा। रामजी बराल,कृष्ण आचार्य, बद्री गौतम,हिरादेवी कँडेल लगायतका व्यवसायी पनि भ्रमण टोलीमा परेका छन्।
भ्रमण टोलीमा १८ जना पत्रकार समेत छन्। चीनस्थित नेपाली दुतावासका ८ अधिकारीलाई पनि टोलीमा राखिएको छ। हिमालय एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री अोली चीन भ्रमणमा जान लागेका हुन्।
अनाबश्यक बिदेश भ्रमण रोक्ने नीति लिएका प्रधानमन्त्री चीन भ्रमणमा भने आफैं जम्बो टोली लिएर जाँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।