काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले काभ्रेपलाञ्चोकको भकुण्डेबेंसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखाको उद्घाटन अर्थ मन्त्रालयका सचिव डा राजन खनालले गरेका हुन्।
शाखा उद्घाटन गर्दै डा खनालले बैंकले आफ्ना सेवा जनताको घरदैलोसम्म पुर्याउन सके मात्र प्रतिस्पर्धामा उत्रन सक्ने बताए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरी जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताए।
बैंकको हाल ६९ जिल्लामा १ सय ९२ वटा शाखा कार्यालय, १ सय ३५ वटा एटिएम छन् भने ९३ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ खर्ब ५३ अर्ब रुपैयाँ निक्षेप संकलन र १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी गरी ३ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।