माईखोलाले बगाउँदा झापामा एक जनाको मृत्यु

Nepal Live

भद्रपुर- झापाको शिवसताक्षी नगरपालिका १० दोमुखास्थित माईखोलाले बगाएर आइतबार एक जनाको मृत्यु भएको छ। 

सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो। 

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। 

दावाको शव अपराह्न ४ बजे फेला परेको अस्थायी प्रहरी पोस्ट माईधारले जनाएको छ। शव पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार