ad

विश्वकप प्रिभ्यू : उत्कृष्ट सुरुवात बेल्जियमको अपेक्षा

Nepal Live

समूह 'जी' 
बेल्जियम भर्सेस पानामा 
समय– असार ४ सोमबार, राति ८:४५ बजे 

मस्को- २०१८ फिफा विश्वकप अन्तर्गत समूह 'जी'को पहिलो खेलमा बेल्जियम र पानामाबीच आज राति प्रतिसिपर्धा हुँदैछ।

बेल्जियम विश्वकपमा भाग लिएकोमध्ये उत्कृष्ट फर्ममा रहेको टिम हो। वार्म अप खेलमा बेल्जियमले सानदार खेल पस्केको थियो। प्रशिक्षक रोबार्टो मार्टिनेज बेल्जियमको प्रतिभाशाली पुस्ताको टिमलाई अझ चुस्त बनाउन हरप्रयास गरिरहेका छन्। टिममा २०१४ को विश्वकप तथा युरो  २०१६ खेलेका खेलाडीको बाहुल्य छ। त्यसैले यी खेलाडीबाट रसियामा उच्च प्रदर्शनको आशा गरिएको छ।

पानामा पहिलोपटक विश्वकपमा छानिएको टिम हो। त्यसैले उसले पहिलो खेल यादगार बनाउन पानामाले सम्पूर्ण शक्ति खर्च गर्नेछ। प्रशिक्षक डारियो गोमेज बेल्जियमको कुशल प्रदर्शनदेखि सचेत मात्र होइन, चिन्तित पनि छन्। एक साताअघि पानामाको छिमेकी कोस्टारिकालाई बेल्जियमले ४–१ ले पराजित गरेको थियो। त्यसैले पानामाले बेल्जियमलाई रोक्न कडा मिहिनेत गर्नुपर्नेछ।

प्रशिक्षक मार्टिनेजले पहिलो खेलमा बेल्जियमलाई ३–४–२–१ को फर्मेसनमा उतार्न सक्छन्। उनले रक्षापंक्तिमा तीन जनालाई राख्नेछन्। यस्तै, यानिक कारास्को र थोमस मेयनेरले मुख्य जिम्मेवारी पाउनेछन्। मध्यपंक्तिमा इडिन हजार्ड र ड्रेइस मार्टेन्सले फरवार्ड रोमेलु लुकाकुलाई पास उपलब्ध गराउनेछन्। जसले गर्दा बेल्जियमलाई रोक्न पनामाका डिफेन्सलाई गाह्रो पर्ने देखिन्छ। 

पानामाका लागि विश्वकपको डेब्यू खेल महत्त्वपूर्ण छ। पानामाले रक्षापंक्तिमा विशेष ध्यान दिएको छ। पानाका लगि डेब्यू खेलमा बराबरी नै उपलब्धि हुने पानामाका टिम विश्लेषकको भनाइ छ। 

उत्तर अमेरिकी टिमसँग बेल्जियमको इतिहास राम्रो छ। बेल्जियमले सन् १९८२ पछि उत्तर अमेरिकी टिमसँग हार ब्यहोरेको छैन। त्यसयता उत्तर अमेरिकाका टिमसँग ११ खेल खेल्दा बेल्जियमले ९ खेलमा जित हात पारेको छ। 

सम्भावित टिम: 

बेल्जियम 
थिबाउट कोर्टोइस, जान भेर्टोघेन, डेर्‍याक बोयाटा, टोबी एल्डेरविरेल्ट, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, यानिक कारास्को, थोमस मेउनियर, ड्रिइन मार्टिन्स, इडिन हजार्ड, रोमेलु लुकाकु। 

पानामा
जाइमे पेनेडो, रोमन टोरेस, फिडेल इस्कोबा, इरिक डाभिस, मिचेल मुरिलो, ग्राबियल गोमेज, एनिबाल गोडी, अर्मान्डो कुप, इड्गर बार्सेनस, जोस लुइस रोद्रिगेज, ब्लास पेरेज। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार