काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा सर्वियाले विजयी सुरुवात गरेको छ।
समूह 'ई' अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको हो। सर्वियाको जितमा कप्तान अलेक्जेन्डर कोलारोभाले निर्णायक गोल गरे। उनले ५६ मिनेटमा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेका थिए। कोलारोभले देब्रे खुट्टाले प्रहार गरेको फ्रिकिकलाई कोस्टारिकाका गोलकिपर नाभासले रोक्ने कुनै मौका नै पाएनन्।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।