काठमाडौं- मेक्सिकोका डिफेन्डर राफा मार्क्युजले पाँचौं पटक विश्वकप फुटबल प्रतियोगिता खेल्दै कीर्तिमान बनाएका छन्। उनले आइतबार जर्मनीबिरुद्ध खेल्दै पाँचौ विश्वकप खेल्ने तेस्रो खेलाडीको कीर्तिमान बनाएका हुन्। उनी ७४ मिनेटमा कप्तानको ब्यान्ड लगाएर गार्डडार्डोको स्थानमा मैदान छिरेका थिए।
उनी २००२, २००६, २०१०, २०१४ र २०१८ को विश्वकप गरी पाँच विश्वकप खेल्न सफल भए। उनले पाँचौ विश्वकप खेल्दा पहिलो खेल जितबाट सुरुवात गरेका छन्। त्यो पनि डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १-० गोलले हराएर।
जारी विश्वकपमा उनी सन् २००२ विश्वकप खेलेका एक्ला खेलाडी हुन्। यसअघि पाँच विश्वकप खेल्न सफल २ खेलाडी थिए। जसमा मेक्सिकोकै एन्टोनियो कारबाजल र जर्मनीका लोथार माथाउसले पनि पाँच वटा विश्वकप खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।