कानो, नाइजेरिया- शंकास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियामा गराएको दुई विस्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।
ब्रुनो राज्यको डोम्बोवा शहरमा मुस्लिमहरुको महान् पर्व इद-उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विस्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले बताएका छन्।
बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विस्फोट गराएका बताइएको छ।
सरकार पक्षधर लडाकु नेता बाबाकुरा कोलोले आक्रमण बोको हराम समूहले नै गराएको भन्नेमा कुनै शंका नरहेको बताए।
विस्फोटपछि उद्धार गरिरहेका र वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई ग्रिनेडले आक्रमण गर्दा दर्जनौं मानिस घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।