काठमाडौं–उपत्यकाका केही वृत्तका इन्चार्ज फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले डिएसपीहरुको सरुवा र पदस्थापन गर्दै उपत्यकाका वृत्तहरुका इन्चार्ज पनि हेरफेर गरेको हो।
सरुवाअनुसार सोह्रखुट्टे वृत्तमा गौतम केसी,बानेश्वरमा गोविन्द काफ्ले, बालाजुमा चिरञ्जिवी कोइराला, चापागाउँमा राजकुमार खिउजु, थानकोटमा नवरत्न पौडेल तथा ठिमीमा मिलन केसी र महाराजगञ्ज वृत्तमा भेषराज रिजालको सरुवा भएको छ।
बढुवा भएका एसपी र डिएसपीको पदस्थापन गर्दै मुख्यालयले केहीको सरुवा पनि गरेको हो।
त्यस्तै ११ सय १ जना सइको पनि सरुवा भएको छ। १५ वर्षसम्म एकै ठाउँमा कार्यरत सइहरुको पनि यसपटक सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।