काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज ३ वटा खेल हुँदैछन्। साँझ कोस्टारिका र सर्वियाबीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै राति पौने ९ बजे जर्मनी र मेक्सिको भिड्दैछन्। मध्यरातमा ब्राजिल र स्विट्जरल्यान्डबीच भिडन्त हुँदैछ।
यसअघि हिजो फ्रान्सले अस्ट्रेलियालाई २–१ ले हराएको थियो। अर्जेन्टिनालाई आइसल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो भने डेनमार्कले पेरुलाई १–० गोले पराजित गरेको थियो। मध्यरातमा भएको खेलमा क्रोएसियाले नाइजेरियाले २–० गोलले पराजित गरेको थियो।
यी खेलका विषयमा विश्लेषक मेघराज केसीले नेपाल लाइभका सीताराम कोइरालासँग कुराकानी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।