काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता भीम रावलले चीनसँग पारवहन र रेल सेवा सञ्चालनका सम्बन्धमा ठोस सहमति गर्न सरकारलाई सुझाव दिएका छन्।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालको पूर्वाधार विकासमा चीन सरकारको सहयोग अपेक्षित रहेकोे पनि स्पष्ट पारे। नेता रावलले विद्युत प्रसारण लाइन र तेल भण्डारणका लागि पनि चीन सरकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस सहमति गर्ने विश्वास समेत व्यक्त गरे।
प्रधानमन्त्री ओली मंगलबार भारत भ्रमणमा जाँदैछन्।
ओलीको यो भ्रमण चीनसँग विगतमा गरिएको सहमति कार्यान्वयनमा केन्द्रित हुने बताएका छन्। जलविद्युत क्षेत्रमा चीनको निजी क्षेत्रको लगानी बढाउने विषयमा पनि प्रधानमन्त्री ओलीले ठोस पहल गर्नुपर्नेमा पनि उनले जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।