नोम्पेन्ह- सडक दुर्घटनामा परी कम्बोडियाली राजकुमारकी श्रीमतीको मृत्यु भएको छ।
आइतबार भएको दुर्घटनामा राजकुमार नोरोडन रानारिध घाइते भएको र उनकी श्रीमती ओक फल्लाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विपरीत दिशाबाट आएको ट्याक्सीले उनीहरु सवार कारलाई धक्का दिएको थियो। राजकुमारकी पत्नीको स्थानीय समय अनुसार १२:२३ बजे निधन भएको पेराह सिंहानुक राज्यका प्रहरी अधिकारी चोन नारिनले बताए।
कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा उनीहरु सवार थिए। ७४ वर्षीय राजकुमारको देब्रे हातमा चोट लागेको छ। उनलाई फ्नोम पेहनस्थित अस्पतालमा भर्ना गरिएको छ।
स्थानीय समयअनुसार बिहान ९ बजे दुर्घटना भएको हो। ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।