कराकस- नेजुएलाको राजधानी कराकस नजिकैको एक माध्यमिक विद्यालयमा भागदौड हुँदा १७ जनाको ज्यान गएको । विद्यार्थीहरुले स्थानीय क्लबमा आयोजना गरेको खानपिन र सांस्कृतिक कार्यक्रमा अकस्मात एक युवकले अश्रुग्यास हानेपछि भागदौड मच्चिएको थियो। आफ्नो परीक्षा सकिएको अवसरमा ती विद्यार्थीले उक्त क्लबमा खानपिनको आयोजना गरेका थिए।
सोही कार्यक्रममा सहभागी एक युवकले अश्रुग्यास खोलिदिएको पाइएको छ। जसका कारण सहभागीहरुमा ठूलो भागदौड मच्चिएको थियो। त्यहाँ करिब ५ सय विद्यार्थी सहभागी रहेका थिए। उनीहरु भाग्ने क्रममा कुल्चिएर धेरैको ज्यान गएको हो।
मृत्यु हुनेमा अधिकांश विद्यार्थी नै परेका छन्। कतिपय तिनका आमाबुबा पनि रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ।
भेनेजुएलाका आन्तरिक मामिला तथा कानुनमन्त्री नेस्टोर रेभेरोलका अनुसार मृत्यु हुनेको सङ्ख्या १७ पुुगेको र दर्जनौँ अरु विद्यार्थी घाइते भई उपचारार्थ अस्पताल भर्ना भएका छन्।
अश्रुग्यास फालेको आशङ्कामा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।