पोखरा- काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरलाइन्सको विमान अवतरणका क्रममा धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ। पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट घाँसे मैदानमा पुगेको पोखरा विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईंले बताए।
‘ल्यान्ड गरिसकेर पार्किङमा आउँदा हाइड्रोलिक सिस्टममा समस्या आउँदा मैदानमा पुगेको हो,’ उनले भने, ‘हाइड्रोलिक फेल भएपछि जहाज दायाँबायाँ गर्न सक्दैन।’
धावनमार्गबाट जहाँज १५-२० मिटर बाहिर गएको उनले बताए।
उनका अनुसार यति एयरको नाइन एन एएचयुको कलसाइन जहाजमा पोखरा विमानस्थलमा अवतरण गर्ने बेलामा समस्या आएको थियो। जहाजमा रहेका चालक दल र २० जना यात्रु सकुशल छन्। जहाजलाई काठमाडौंबाट प्राविधिक बोलाएर चेकजाँच गरिने गुरागाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।