काठमाडौं– काठमाडौंमा गुन्डागर्दीमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङ घर भई म्हैपी बस्ने मनोज खत्री र कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरले ठमेल क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुलाई धम्काएर पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ। परिसरबाट खटिएका इन्सपेक्टरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
चार दिनअघि मात्र काठमाडौं प्रहरीले गुन्डागर्दीमा संलग्न २ जनालाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।