काठमाडौं– नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रतिनिधिसभा नियमावलीको नियम ५६ को व्यवस्था अनुसार प्रधानमन्त्रीलाई प्रत्यक्ष कुराकानी गर्नका लागि संसदमा उपस्थित गराउन माग गरेका छन्। संसदको शुन्य समय सकिएलगत्तै नियमापत्ति गर्दै सांसद रिजालले प्रतिनिधि सभा नियमावली पास भएको केही दिनमा यसको उल्लंघन भएको दावी गरेका हुन्।
उनले महिनाको पहिलो र तेस्रो हप्तामा एक घन्टा प्रत्यक्ष कुराकानी गर्न प्रधानमन्त्रीको समय निर्धारण गर्नुपर्ने व्यवस्था अविलम्व सुरुवात गर्न माग गरे। गत जेठ २५ गते प्रतिनिधिसभाको नियमावली पारित भएको थियो।
कांग्रेसले प्रश्न सोध्दा यहाँ उपस्थित भएका सत्तापक्षका सांसदहरुलाई मान्य नहोला भन्दै उनले भने,‘कुर्सी खाली भए खुट्टा तानेर नबस्नुहोस्।’
‘अहिले कांग्रेस कहिले संसदबाट जाला भनिएको छ। कांग्रेस कहिले जाँदैन।’, उनले भने, ‘जनताले यही जिम्मेवारी दिएका छन्। हाम्रो कुर्सीभन्दा पहिले सरकारको खाली हुने देखिएको छ।’
प्रत्यक्ष प्रश्न गर्ने अधिकार जनताको भएकाले प्रधानमन्त्रीको संसदमा छलफल राख्ने सन्दर्भमा सभामुखलाई स्वविवेकी अधिकार नभएको उनले टिप्पणी गरे।
सांसद रिजालले उठाएको प्रश्नलाई सम्वोधन गर्दै सभामुख कृष्णबहादु्र महराले रिजालले उठाएको प्रश्नप्रति गम्भीर ध्यानार्कण भएको बताए। सरकार समक्ष यस बारेमा ध्यानाकर्षण गराउने पनि उनले प्रष्ट पारे। कार्य व्यवस्थाको बैठकपछि यसलाई अघि बढाइने उनले बताए।
संसद नियामावलीमा यस्तो छ व्यवस्थाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।