काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा सत्ता पक्ष र विपक्षका सांसदहरुले जानकारी नपाएको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। सत्ता पक्षकै प्रमुख सचेतदक देव गुरुङ र विपक्षका सांसद दिलेन्द्र वडुले यस्तो माग गरेका हुन्।
नेपाली कांग्रेसका सांसद वडुले प्रधानमन्त्रीको चीन भ्रमणका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन्। वजेटमाथिको छलफलको शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बारेमा जानकारी सदनलाई गराउन माग गरे।
‘प्रधानमन्त्रीको चीन भ्रमणका उत्तरी नाका खोल्ने कुरा संञ्चारमाध्यममा आएका छन्’ वडुले भने ‘दार्चुलाको टिकर नाका यसपालीको एजेन्डामा छ छैन जानकारी हुनु पर्यो।’
सत्ता पक्षकै प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा बारेमा अनविज्ञता प्रकट गरे। उनले भारत भ्रमणका क्रममा उत्तरी नाकाहरु खुल्ने कुरा सुनेको भन्दै गोरखाको उत्तरी भेगको रेलमार्ग पनि खोलियोस् भनि ध्यानाकर्षण गराए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।