काठमाडौं– प्रहरीले शनिबार तारकेश्वरको मुड्खुस्थित रिसोर्टमा छापा हानी ४ महिलासहित १६ जनालाई पक्राउ गरेको छ। ग्रिनपिस रिसोर्टमा काैडा खेलिरहेका अवस्थामा प्रहरीले ४ लाख ५२ हजार ६ सय ५० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काभ्रेका जितमान गोले, दयाराम नेपाल, ललितपुरका महेश बजगाई, काठमाडौंका दिपेश खड्गी, सानुकाजी महर्जन, मकवानपुरका बसन्धुरा केसी, गौतमसिंह मर्हजन, भुजन बलामी,केशर घिमिरे,स्वयम्भुका दीपक महर्जन, नुवाकोटका कृष्ण बस्नेत,सिन्धुपाल्चोकका नवीन गुरुङ छन्।
त्यस्तै पक्राउ पर्ने महिलाहरुमा पुरानोबानेश्वरकी अनिता लामा क्षत्री, मकवानपुरकी तुलसा कार्की, रोल्पाकी कमला कार्की र रामेछापकी गोमा थापा छिन्।
सो रिसोर्टमा पेशेवर रुपमा नै जुवा खेलाइने गरेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।