समूह इ
सर्विया भर्सेस कोस्टारिका
समय– असार ३ गते, साँझ ५ः४५ बजे
मस्को– २०१८ फिफा विश्वकपको समूह ‘इ’ को पहिलो खेलमा कोस्टारिका र सर्वियाबीच आज साँझ प्रतिस्पर्धा हुँदैछ।
कोस्टारिकाले सन् २०१४ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो। समूह चरणमा इंग्ल्यान्ड, इटाली र उरुग्वेजस्ता बलिया टिमसँग परेपनि कोस्टारिकाले अन्तिम आठसम्मको यात्रा गरेको थियो।
यता २०१८ को विश्वकप छनोटमा अमेरिकालाई ४–० गोलले पराजित गर्दै कोस्टारिकाले आफू बलियो टिम भएको सावित गरेको थियो। पछिल्ला मैत्रीपूर्ण खेलमा राम्रो खेल प्रदर्शन गर्न नसक्नु भने उसका लागि टाउको दुखाईको विषय बनेको छ।
सर्विया सन् २०१० पछि विश्वकपमा फर्किएको हो। त्यतिबेला सर्विया समूह चरणबाटै बाहिरिएको थियो। तर समूह चरणमा सर्वियाले जर्मनीलाई १–० गोलले पराजित गरेको थियो। यसपटक भने विश्वकपका लागि भएको युरोपियन छनोटमा समूह विजेता बनेको सर्वियाले आयरल्यान्ड गणतन्त्र, वेल्स र अस्ट्रियालाई पछि पारेको थियो।
पछिल्ला मैत्रीपूर्ण खेलहरुमा दबावमा रहेको कोस्टारिकाको परिक्षा सर्वियाविरुद्धको खेलमा हुनेछ। जसले उसलाई गत संस्करणको जस्तै नतिजा निकाल्नका लागि आत्मविश्वास बढ्नेछ।
सर्विया उच्च मनोबलका साथ रसिया पुगेको छ। बोलिभिया विरुद्धको मैत्रीपूर्ण खेल ५–१ ले जितेको सर्वियन टिममा रहेका खेलाडी विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन्।
सर्वियाले विश्वकपमा उत्तर अमेरिकी टिम विरुद्ध खेलिएका पछिल्ला ३ खेलमा जित हात पारेको छ। सर्वियाले मेक्सिकोलाई सन् १९५० मा ४–१, होन्डुरसलाई सन् १९८२ मा १–० र सन् १९९८ मा अमेरिकालाई १–० गोलले हराएको थियो।
सम्भावित टिम
कोस्टारिका: केलर नाभास, गिएनकार्लो गोन्जालेज, ओस्कार डुआर्टे, जोनी अकोस्टा, क्रिस्टियन गाम्बोआ, ब्रायन ओलभिइडो, डेभिड गुजम्यान, सेल्सो बोर्गेस, ब्रयान रुइज, क्रिस्टियन बोलानोस, मार्को उरेना
सर्विया: भ्लादिमिर स्टोजकोभिक, ब्रनिस्लाभ इभानोभिक, निकोला मिलेनकोभा, डुस्को टोसिक, अलेक्जेन्डर कोलारोभ, नेमान्जा माटिक, सर्जेज मिलिन्कोभिक साभिक, डुसान टाडिक, अदेम एलजाजिक, फिलिप कोस्टिक, अलेकसन्दर मिट्रोभिक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।