काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन तस्करीमा संलग्न ठूला माछा समातेर देखाउन सरकारलाई चुनौती दिएका छन्।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता कोइरालाले गृहमन्त्री रामबहादुर थापाले ठूला माछा समात्ने भन्दै हिँडेको उल्लेख गर्दे समातेर देखाउन सार्वजनिक चुनौति दिएका हुन्।
उनले भने, ‘मैले मिडियाबाट च्यालेन्ज गरेको छु। कसरी समाउनुहुन्छ भनेर। सक्नुहुन्न। किनभने उहाँहरुकै मान्छेहरु पर्छन्। समातेर देखाउनुहोस्!’
नेता कोइरालाले मुलुक अधिनायकवाद, सर्वसत्तावाद र थाहा नपाइँदो ढंगले निरंकुशतावादतर्फ धकेलिँदै गएको टिप्पणी गरे।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा शक्ति केन्द्रित गर्न खोजेको आरोप समेत लगाए। संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सम्बैधानिक निकायलाई निकम्मा बनाउने गरी सर्वेसर्वा हुन खोजेको आरोप उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।