सर्लाही– सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई २-१ गोलले पराजित गर्दै लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
उपाधिसँगै एपिएफले ७ लाख पुरस्कार समेत हात पार्यो भने पुलिसले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।
एपिएफका तर्फबाट खेलको ३० मिनेटमा प्रबिन स्याङ्तानले गोल गर्दै अग्रता दिलाए।
दोश्रो हाफपछि पुलिस क्लबले पाएको पेनाल्टीलाइ भोला सिलवालको प्रहार एपीएफका गोलकिपर राजु नगरकोटिले उत्कृष्ट बचाउ गरे।
७५ ममिनेटमा एपीएफका रमेश डङ्गोलले आत्माघाती गोल गर्दा पुलिसले खेल १-१ गोलको बराबरी गर्न सफल भएको थियो।
पुलिसले बराबरि गरेको ३ मिनेटमै एपीएफका रुप बहादुर लामाले पउत्कृष्ट गोल गर्दै पुनः आफ्नो टिमलाइ २-१ गोलको अग्रता दिलाउन सफल भए।
आजको खेलको म्यान अफ द म्याच एपीएफ क्लबका जर्सी नम्बर १५ का रुप बहादुर लामाले नगद ५ हजार प्राप्त गरेका थिए।
उदयीमान खेलाडी बन्दै सर्लाही-११ का सनि चौधरीले यमहा स्यालुटो बाइक प्राप्त गरे।
एपीएफका प्रबिन स्याङ्तान उत्कृष्ट खेलाडी बन्दै नगद रु. ५० हाजर प्राप्त गरे भने फाईनल खेलको म्यान अफ द म्याच एपीएफ क्लबका ज रुप बहादुर लामाले नगद ५ हजार प्राप्त गरेका थिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी :
उत्कृष्ट गोल किपर : (राजु नगरकोटि,एपीएफ क्लब) ,
उत्कृष्ट डिफेन्डर : (अजित भणडारी,पुलिस क्लब ) ,
उत्कृष्ट मिडफिल्डर : (रबि पासवान,पुलिस क्लब),
उत्कृष्ट फर्वाड : (नबिन लामा, एपीएफक्लब),
उत्कृष्ट प्रशिक्षक : ( गणेश लावती,एपीएफ क्लब)
पुरस्कार बितरण कार्यक्रममा सर्लाहीबाट फुटबल खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी बन्न पुगेका उसा भणडारीलाई नगद रु.२५०००ले सम्मान गरिएकोथियो भने अन्य खेलाडी जुमनु राइ,आदित्य चौधरी,रोजित केसी र टेक बहादुर बुढाथोकिलाइ सम्मानपत्र प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।