राजविराज- कीर्ते नागरिकता प्रकरणमा पक्राउ परेका भारतीय नागरिक विनित देव र १० वर्षीया बालिकालाई बलात्कार आरोपमा पक्राउ परेका राजविराज नगरपालिका ३ का मोहम्मद सविरलाई प्रहरीले सार्वजनिक गरेको छ।
भारतको विहार राज्य मधेपुरा जिल्ला घर भई हाल सप्तरीको मैनाकडेरी १ बस्ने विपीन देवले २०५२ जेठ २ गते कर्मचारीको दस्तखत र छाप कीर्ते गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट सोही नागरिकताका आधारमा बनाइएको राहदानी र मतदाता परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ।
यस्तै राजविराज ३ बस्ने मो. सविरलाई शुक्रवार साँझ सोही वडाकी १० वर्षीया बालिकालाई चकलेट किनिदिने भन्दै प्रलोभन देखाएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। नजिकै रहेको भलुवाई खोला आसपासमा लागि बालिकालाई जबरजस्ती करणी गरेर फरार भएका समिमलाई शनिबार बिहान पक्राउ गरिएको डिएसपी रिमालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।